झलक सुवेदीले गरे मानपदवी  पदक बहिस्कार

भक्तपुर न्यूज

१५ जेठ २०७४ ६:४३

झलक सुवेदीले गरे मानपदवी  पदक बहिस्कार

काठमाडौं, १५ जेठ । सरकारका मुख्यसचिव सोमलाल सुवेदीले राजनीतिक विश्लेषक झलक सुवेदीलाई टेलिफोन गरेर भने( ‘दाइ तपाईको नाम सुप्रबल जनसेवाश्री मानपदवीका लागि सिफारिस गरिएको छ है ।’ लेखक सुवेदीले मुख्यसचिवलाई जवाफ दिए ‘भाइ मलाई मानपदवी दिने निर्णय नगरियोस्, पछि अस्वीकार गर्ने निर्णय सार्वजनिक गर्दा सरकारलाई अप्ठ्यारो होला, विवाद आउला । मलाई यस्तो पदक चाहिएको छैन ।’

यति सम्वाद भइसकेपछि मानपदवी पाउने सूचीबाट आफ्नो नाम हट्यो होला भन्नेमा विश्लेषक सुवेदी ढुक्क थिए ।  तर, सोमबार बिहानै उनलाई पोखराबाट साथीको फोन आयो पदक पाउनुभएछ, झलकजीलाई बधाइ छ । साथीमार्फत यस्तो सुन्नासाथ सामाजिक सञ्जालमार्फत सुवेदीले पदक अस्वीकार गर्ने सार्वजनिक घोषणा गरेका छन् । नलिने भन्दाभन्दै पदक पाउने सूचीमा आफूलाई पारेर सरकारले अपमानित गरेको सुवेदीको गुनासो छ ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा जनसेवाश्री मानपदवी पाउनेहरुको सूचीमा कास्कीका झलक सुवेदीको नाम पनि छ । तर, सुवेदीले आफ्नो नाम गरेकाले मापदवी पाएको सुनेको’ भन्दै प्रतिक्रिया दिएका छन् ‘मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु ।’

सरकारको यो कदमले आफ्नो सम्मान नभई अपमान भएको उनले बताए । राजनीतिक विश्लेषक सुवेदीले ट्वीट गर्दै भनेका छन्, सामन्ती संस्कृतिको यो पराम्पराप्रति विरोध छ । यसको परम्परा, संस्कृति, छनोट मापदण्ड सबैप्रति मेरो असहमति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *