अबरुद्ध संसद बैठक शनिबार दिउँसोदेखि सुचारु
काठमाडौ, १३ जेठ । व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पेश भएको छ ।
शनिबार बसेको संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो अधिवेशनमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति प्रस्तुत गरेपछि सम्बोधनमाथिको धन्यवाद प्रस्ताव पेश भएको हो ।
धन्यवाद प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ छन् ।
धन्यवाद प्रस्तावमाथि संशोधन गर्नका लागि एक घण्टाको समय दिदै सभामुख ओनसरी घर्तीले बैठक एक घण्टा पछि बस्ने गरि स्थगित गरेकी छिन् ।
बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको राजीनामाको जानकारी सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी छन् ।
प्रमुख तीन दलबीच बिहान भएको बैठकमा संसद संचालन गर्ने सहमति भएपछि निरन्तर अवरुद्ध हुदै आएको बैठक शनिबारदेखि संचालन भएको हो ।