हत्यामा संलग्नलाई कारवाही होस् : अध्यक्ष विष्ट

भक्तपुर न्यूज

१३ जेठ २०७४ ८:४७

हत्यामा संलग्नलाई कारवाही होस् : अध्यक्ष विष्ट

काठमाडौँ, १३ जेठ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले हरेक वर्ष इच्छुक दिवस मात्रै मनाउनेभन्दा पनि उनको हत्यामा संलग्न हत्यारामाथि कारवाही हुनुपर्ने माग गरेका छन्। आज राजधानीमा आयोजित कृष्ण सेन इच्छुकको १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ÷संगठनले आयोजना गरेको प्रभावतफेरीमा बोल्दै अध्यक्ष विष्टले यस्तो माग गरेका हुन् ।

पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ÷संगठनले प्रभावतफेरीको आयोजना गरेका छन । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा आज बिहान आयोजना गरेको प्रभातफेरी नयाँ वानेश्वरबाट सुरू भएर बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा प्रेस सेन्टर नेपालले प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट बेपत्ता पत्रकार एवम् तत्कालीन ‘सिन्धुली पोष्ट साप्ताहिक’का सम्पादक चित्रनारायण श्रेष्ठलाई प्रदान गरिएको थियो । सेन्टरले बेपत्ता ‘कलम योद्धा’ श्रेष्ठका लागि रू २५ हजारको राशि सहित उनकी जीवनसङ्गिनी सावित्रा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार छनोटका लागि सेन्टरका उपाध्यक्ष ओम शर्माको संयोजकत्वमा उपाध्यक्ष बलराम थापा र सचिव मनोज घर्ती मगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । कमलामाई–९, ढुङ्ग्रेबास साबिक, सिन्धुली निवासी ‘सिन्धुली पोष्ट’ साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरिवनबाट गिरफ्तार गरेको थियो । उनी हालसम्म बेपत्ता छन् ।

त्यसैगरी क्रान्तिकारी पत्रकार सङ्गठनले प्रदान गर्ने ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ जनयुद्धका घाइते पत्रकार दीपेन्द्र रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रूपैयाँ रहेको छ । प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउने र प्रेस सोसाइटीका वरिष्ठ उपाध्यक्ष केशव अर्यालले ‘इच्छुक’ ले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *