चाँगुनारायणमा एमालेकै अग्रता दुई वडामा प्यानलै विजयी

भक्तपुर न्यूज

१३ जेठ २०७४ ४:०६

चाँगुनारायणमा एमालेकै अग्रता दुई वडामा प्यानलै विजयी

भक्तपुर १३ जेठ । मतगणना रोकिएको ६ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता लिएको छ। आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार एमालेले मेयरमा अग्रता लिएको छ भने वडामा पनि उसकै वर्चश्व रहेको छ। चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको प्यानल विजयी भएको छ । महर्जनले १ हजार २६९ उनका निकटतम प्रद्विन्द्वी नेपाली कांग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गरे।

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल छन्। चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भए।

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिएका छन्। मिश्रले तीन हजार ७१४ मतले अग्रता लिएका छन् भने कांग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहेका छन्। त्यसैगरी उपप्रमुखमा भने कांग्रेसकी सरु बानियाँले तीन हजार ८६० मतले अग्रता लिउकी छन्। एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहेकी छन्। मतगणना जारी छ ।

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले कांग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले ६ दिनसम्म मतगणना रोकेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *