चाँगुनारायणमा मतगणना जारी,

भक्तपुर न्यूज

११ जेठ २०७४ १०:३१

चाँगुनारायणमा मतगणना जारी,

भक्तपुर, ११ जेठ । चार दिनदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना अहिले विहीबार दिउँसो पनि चलिरहेको छ । ४ दिनदेखि रोकिएको मतगणना हिजो साझँबाट शुरु भएको हो । सुर्य चिन्हमा छाप लगाइएका मतपत्रको चाङमा मादल, रुख र गाई चुनाव चिन्हमा छाप लगाइएका मतपत्रका चाङ भेटिएपछि विवाद भई अवरुद्ध भएको मतगणना प्रक्रिया हिजोबाट शुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बुधबार दिउँसो सम्पन्न सर्वदलीय बैठकले चाँगुनारायण नगरपालिकाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतगणना भइसकेका वडा नं १ देखि ४ सम्मै पुनः मतगणना गर्ने वा ३ र ४ वडाको मात्र मतगणना गर्ने विषयको विवाद नमिलेपश्चात निर्वाचन आयोगमा समाधानको लागि पत्राचार भएको थियो ।

आयोगले आज वडा नं ३ र ४ को मात्र पुनःमतगणना गर्न सकिने निर्णय दिएको थियो । नेकां, नेमकिपा, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति आयोगको निर्णय मान्न तयार भए तापनि एमालेले चार वटै वडाको पुनः मतगणना माग गरिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *