आज मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीद्वारा सपथ ग्रहण

भक्तपुर न्यूज

११ जेठ २०७४ ९:३१

आज मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीद्वारा सपथ ग्रहण

भक्तपुर ११ जेठ । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीहरुले आज सपथ तथा पदभार ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको एक कार्यक्रममा नगरपालिकाका प्रमुख मदन सुन्दर (जगुलु) श्रेष्ठ तथा उप प्रमुख अन्जना देवी मधिकर्मी, ९ वटै वडाका प्रमुख र सदस्य गरि ४४ जनाले सपथ ग्रहण गरेका हुन् ।
नगरपालिकाका प्रमुख तथा उप प्रमुख र वडाका प्रमुखले मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोख्ररेलबाट सपथ लिई सकेपछि नगरपालिकाका प्रमुख श्रेष्ठबाट वडाका बिजयी सदस्यहरुले सपथ लिएका थिए ।
पद बहाली पछि मेयर श्रेष्ठले आफूले मध्यपुर थिमिबासीहरुको मतको कदर गर्दै नगरलाई शुशासन, पारदर्शि र जवाफदेहिता बनाउने आफ्नो पहिलो कार्य रहने बताए ।
त्यस्तै, उपमेयर मधिकर्मीले आफ्नो नगरमा रहेका महिलाहरुका स्तन र पाठेघर क्यान्सर रोगको उपचारमा विशेष छुटमा उपचार गर्ने, गरीव र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिने तथा वृद्धवृद्धाहरुलाई उचित सम्मान दिने आफ्नो पहिलो काम रहने बताइन् ।
त्यस्तै, वडाअध्यक्ष तथा सदस्यहरुले सपथ ग्रहणपछि वडा कार्यालयमा गएर पदभार तथा जिम्मेवारी सम्हालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *