काठमाडौंको मत गणना जारी विद्यासुन्दर जित सुनिश्चत

भक्तपुर न्यूज

११ जेठ २०७४ ४:४५

काठमाडौंको मत गणना जारी विद्यासुन्दर जित सुनिश्चत

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छन् । बिहीबार विहानसम्ममा महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ ।

अब २१ हजार मत गन्न बााकी छ र, मेयरमा एमाले उम्मेदवार शाक्यले १४ हजार ५ सय बढीको अग्रता लिइरहेका छन् । शाक्यले ४९ हजार ८५४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशीले ३५ हजार ३५० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १८ हजार २९२ मत पाएकी छन् । साझा पार्टीका किशोर थापाले १४ हजार १५० मत पाउादा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ५ हजार ६५३ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्कीको जित पक्का भएको छ । उनले ४५ हजार ९५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ८१ र साझा पार्टीकी निरुपमा यादवले ९ हजार ३५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *