पत्रकार महासंघको २५ औं महाधिवेशन असार तेस्रो साता
काठमाडौं, १० जेठ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ ।
महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसपटकको महाधिवेशनको नारा ‘ब्यसायिक पत्रकारिताको आधार(प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरिएको छ ।
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । महासंघका सचिव ध्रुव लम्सालका अनुसार नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा जिल्लामा भने अधिवेशन हुन बाँकी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
