प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

भक्तपुर न्यूज

१० जेठ २०७४ ११:००

प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

भक्तपुर १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आज दिउँसो देशबासीका नाममा सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । उनको राजनीनामासँग आजबाट यो सरकार काम चलाउका रुपमा रहने भएको छ ।

प्रधामनन्त्री दाहालले लोडसेडिङ अब नेपालको इतिहास मात्र भएको बताएका छन् । बुधवार सिंहदरबारबाट विशेष सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उज्यालो युगको प्रारम्भ भएको बताएका हुन् । नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरेका थिए। नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’

प्रधानमन्त्री भएलगत्तै आफूले लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्प गरेर महत्वकांक्षी लक्ष्य लिएको बताउँदै दाहालले ‘लोडसेडिङले केवल अध्यारो मात्र हटाएको छैन, केही हुन्न भन्ने हीन भावनाको पनि अन्त्य भएको छ’ भनेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *