प्रशासनको सेवा प्रवाह सुस्त

भक्तपुर न्यूज

९ जेठ २०७४ ९:१८

प्रशासनको सेवा प्रवाह सुस्त

भक्तपुर ९ जेठ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कम्प्युट अभाव भएपछि अत्यावश्यक तथ्याकं र नमूना फारामहरु समेत असुरक्षित भैरहेका छन । यतिमात्रै होईन सरकारी सेवा सुविधाका लागि जिल्ला प्रशासन आउने नागरिकले समेत प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

कार्यालयले भएका र बिग्रिएका कम्प्युटर व्यवस्थापन तथा मर्मत गर्न नसक्दा सेवा प्रवाहमा समस्या भैरहेको प्रशासनकै एक कर्मचारी बताउँछन । कार्यालयको ३ र ४ नंम्बर कोठामा रहेको फाँटमा सरकारी सेवा सुविधाका लागि जाने जो कोहीले पनि प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

त्यो त्यहाँ बस्ने कर्मचारीको कारणले भने होईन । कर्मचारी सेवामा खटिनै रहेका हुन्छन तर प्रविधिको अभावमा समयमै सेवा प्रदान गर्न असफल छन् । प्रशासन कार्यालयमा रहेका ती फाँटमा भएका कम्प्युटर बिग्रिएपछि समस्या बढेको हो । तर बिग्रिएका कम्प्युटर मर्मतका लागि कार्यालय उदासिनै रहेको छ ।

करिब १ महिना अघि कम्प्युटर बिग्रिएको भएपनि कार्यालयले त्यसको मर्मतका लागि चासो देखाएको छैन् । यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको छ । ‘प्रविधि नभएको कारण केही समस्या आईरहेको छ’ एक कर्मचारीले नाम नछाप्ने सर्तमा भने ‘पत्रपत्रिका दर्ताको नमूना फाराम समेत प्रशासनमा छैन् ।’ यस बिषयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग बुझन खोज्दा सम्पर्क हुन सकेन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *