सरकारलाई सेना परिचालनको बाटो खुल्यो

भक्तपुर न्यूज

९ जेठ २०७४ ८:२२

सरकारलाई सेना परिचालनको बाटो खुल्यो

काठमाडौं ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको परिचालनको स्वीकृति प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गगरेको राष्ट्रपति कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *