लण्डनमा पहिलो पटक नेवारी भोज
। सुशील प्रजापति ।
लण्डन, ९ जेठ । लण्डनमा रहेका नेपालीहरुलाई नेवारी भोज पासा पुच गुठी साउथ इष्टले आयोजना गरेको एक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली र नेवारी कला संस्कृतिका साथै बिभिन्न कार्यक्रम गर्दै आएको साउथ इष्टले मे २१ मा परम्परागत शैलीमा पलेटी कसेर लप्टेमा खाने सामुहिक भोजको आयोजना गरिएको र उक्त आयोजना समापन भएको पासा पुच गुठिका अध्यक्ष एवं सो कार्यक्रमका संयोजक सुशिल प्रजापतिले जानकारी दिए ।उनले भने नेपाली र नेवारी कला संस्कृतिको प्रवद्र्धन प्रचार प्रसार र संरक्षणका लागि पासा पुच गुठी साउथ इष्ट लागि परेको छ ।
उनले बिगतका दिनहरुमा लण्डनमा यो कार्य समितिले सांस्कृतिक झाँकि सहित मह पुजा, सांस्कृति झाँकि सहित यो मरी पूण्य, सांस्कृति झाँकि सहितको क्वाटी पूण्य, लाखे नाच, भैरव नाच, धिमे बाज सहित बिभिन्न मौलिक र सांस्कृति परम्परातको निरन्तरता बिदेशमा रहेर दिईरहेको जानकारी दिएको बताए । उनले भने हरेक बर्ष पासा पुच गुठि यूकेले सामुहिक बेलविवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्दै आएको छ ।
नेपाल र नेपाली माझ मात्र नभएर बिदेशी भूमिमा नेपालका बारे थप जानकारी दिँदै पर्यटन प्रबद्र्धनमा समेत यो गुठिले सक्दो भूमिका निर्वाह गरेको बताउँदै प्रजापतिले भने यस पट मे २१ मा नेवारी भोज खुवाईएको हो ।
पासा पुच गुठि साउथ इष्टले आयोजना गरेको उत्तः कार्यक्रममा ५ जना नाईकेलाई सम्मान गरिएको छ । उनीहरुलाई जेष्ठताका आधारमा सम्मान गरिएको हो । उनीहरुलाई गुठीका अध्यक्ष प्रजापतिले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।