चाँगुनारायण मतगणना विवाद, बैठक अझै निष्कर्षविहीन

भक्तपुर न्यूज

९ जेठ २०७४ ७:१४

चाँगुनारायण मतगणना विवाद, बैठक अझै निष्कर्षविहीन

भक्तपुर ९ जेठ । तीन दिनदेखि मतगणना स्थगीत भएको भक्तपुरको चाँग्ुनारायण नगरपालिकामा आज पनि मतगणना प्रक्रिया अघि बढ्न सकेन् । मतगणना प्रक्रिया शुरु गर्नका लागि आज बसेको सर्वदलिय बैठक पनि निष्कर्षविहीन भएपछि मतगणना शुरु हुन नसकेको हो । आज विहान साढे ९ बजेदेखि बसेको सर्वदलिय बैठक साढे १२ वीना निष्कर्ष सकिएको छ ।

बैठकमा प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा , प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मतगणना प्रक्रिया शुरु गर्नका लागि बैठक फेरी आजै दिउँसो ४ बजे बस्ने भएको छ ।  उक्त नगरपालिकाको वडा नं ४ को मतगणनाका क्रममा नेपाली काँग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टीको मत एमालेमा मिसिएको थाहा भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद बढ्दै जाँदा एमाले र नेमकिपाले पुन मतगणना गर्नुपर्ने माग राखेपछि आईतबारदेखि मतगणना अबरुद्ध भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  हिजो बसेको सर्वदलिय बैठकले सहमति गर्न नसकेपछि निर्वाचन आयोगले नै निर्णय गर्ने बताएको थियो । तर आजसम्म आयोगले पनि कुनै निर्णय गर्न सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *