वर्तमान सरकार लुटेरा सरकार भएको ओलीको आरोप

भक्तपुर न्यूज

८ जेठ २०७४ ११:२८

वर्तमान सरकार लुटेरा सरकार भएको ओलीको आरोप

भक्तपुर ८ जेठ । नेकपा एमालेका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लुटेरा सरकार भएको आरोप लगाए ।  सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर लगायत ७ वटा वडामा जीत हासिल गरेपछि कुटुञ्जेमा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर, कास्कीको पोखरा लेखनाथ  लगायतका नगरपालिकामा सरकारले अर्बको रकम बाँडेको आरोप समेत लगाए । उनले वर्तमान सरकारले अख्तियारको दुरुपयोगका साथै गैरबजेट बाँडेर भ्रष्टाचार गरेको बताए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले भएको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एमालेले जित्ने निश्चित भएपछि नेपाली काँग्रेस र माओवादीले मतगणनामा पनि विवाद गरिरहेको बताए ।   वर्तमान सरकारले संविधान विपरित स्थानीय तहको संख्या बढाउँन लागेको बताउँदै उनले अहिलेको गाउँपालिका र नगरपालिकामा हेरफेर गर्न नहुने बताएका छन् ।

उनले सरकार स्थानीय तहको अधिकार र स्थानीय तहमा आउने बजेट कटौती गर्ने खेलमा लागि परेको समेत आरोप लगाए । वर्तमान सरकारले मात्रै नभई कसैले पनि स्थानीय तहलाई कमजोर पार्ने काम गरे एमालेलाई सहिर्य नहुने अध्यक्ष ओलीको भनाई छ ।
सुर्यविनायकमा भएको विजयी र्याली र सभामा अध्यक्ष ओली सहित एमालेका युवा नेता महेश बस्नेत, जिल्ला अध्यक्ष राजेन्द्र राजथला, नवनिर्वाचित मेयर बासुदेव थापा उपमेयर जानुका बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *