उपत्यकको नयाँ नेतृत्वको जिम्मेवारी

भक्तपुर न्यूज

८ जेठ २०७४ ७:४८

उपत्यकको नयाँ नेतृत्वको जिम्मेवारी

कमल न्यौपाने
पहिलो चरणमा भक्तपुर लगायत उपत्यकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । २० वर्षपछि यतिबेला स्थानीय निर्वाचन भएको छ । उपत्यकाका केही नगर बाहेक सबै स्थानको नतिजा आइसकेको छ । यो पटकको स्थानीय तहको निर्वाचनमा मतदाताहरूले पार्टी भन्दा पनि व्यक्तिलाई आधार मानेर मत खसालेको मतपरिणामबाट बुझ्न सकिन्छ । काठमाडौ उपत्यकाको सन्दर्भमा पनि यो कुरा लागू भएको छ । अधिकांश नगरमा नयाँ अनुहार देखिएका छन् । भक्तपुरको भक्तपुर नगरपालिकामा नेमकिपाको जीत भएपनि अन्यत्र यसको प्भाव छैन् । सुर्यविनायक, मध्यपुथिमी, महालक्ष्मी, चन्द्रागीरी, टोखा, कार्तिपुर, लगायतका नगरमा जसले जुन पार्टीबाट जितेपनि यहाँ युवा र जोशिला व्त्तिःहरु मेयर उपमेयर र वडा अध्यक्ष भएका छन् । उनीहरूलाई मतदाताले विश्वास यो अर्थमा गरेका छन् कि समग्र नगरको कायापलट गर्ने क्षमता उनीहरूमा छ । सबैको अध्ययन तथा जोश जाँगरसहितको उमेरले पनि मतदाताको विश्वास बढाएको देखिन्छ । उपत्यको निर्वाचनलार्ई मैले विगतदेखि अहिलेसम्म निहाली रहेको छु । त्यो संविधान सभाको पहिलो चुनाव होस् या दोस्रो अहिलेको स्थानीय तहको निर्वाचन म उपत्यकामा भएको निर्वाचनको नजिक छु ।
खासमा उपत्यकाको नेतृत्वमा पुगेका व्यक्तिले यहाँका जनताहरूको समस्या के छन, त्यो बुझ्नु र समस्या समाधानको लागि प्रयास गरुन् भन्ने नै आम मतदाताको अपेक्षा रहेको छ । उपत्यकामा थुप्रै खालका समस्याहरु नभएका होईन समस्या छन् । यी समस्या समाधानका लागि अब जनप्रतिनिधीले ध्यान दिनुपर्छ । बिशेषत उपत्यकाका ३ वटै जिल्लाको समस्या भनेको खानेपानी र फोहोर तथा धुवाँ प्रदुषण नै हो ।
उपत्यकाको सबैभन्दा ठूलो समस्या हो, खानेपानी । राजधानी समेत रहेको काठमाडौ र आसपासमा रहेका ललितपुर र भक्तपुरका केही ठाउँमा बाहेक अधिकांश ठाँउमा खानेपानीको समस्या छ । आधारभूत आवश्यकतामध्येको एक खानेपानीमा अहिलेसम्म कोही कुनै ढंगबाट पनि सजग भएको छैन । पार्टीका प्रतिनिधिहरू पनि यसमा सचेत छैनन् । उपत्यका र आसपासमा पानीको स्रोत नभएको पनि होइन, समाधानका उपाय नै नभएको पनि होइन । तर स्रोत र समाधानका उपायलाई नेताहरूले भाषणमा एक थप श्लोकको रूपमा राख्नु बाहेक केही गरिएको छैन । उपत्यको फोहोर व्यवस्थापन अर्को चुनौती हो । यहाँको फोहोर समयमै नियमित व्यवस्थापन हुन नसक्दाा उपत्यकाबासीलाई मात्रै नभई काम बिशेषले राजधानी आउनेलाई समेत उत्तिकै समस्या भैरहेको अबस्था छ । मनोहरा, बागमती, टुकुच्चा, हनुमन्ते खोलाको फोहोर व्यवस्थापनका लागि आबश्यक प्रयास गर्न जरुरी देखिन्छ । यसको दिर्घकालिन समस्या समाधानमा उपत्यकाका जनप्रतिनिधीहरु अब लाग्नुपर्छ । नगर क्षेत्रको फोहोर उठाउने जिम्मा नगरपालिकाको हो । नगरपालिकाले जति मात्रामा स्थानीय स्रोतबाट आम्दानी आर्जन गर्दछ, त्यसको केही प्रतिशत त त्यस स्रोतको हितको निमिक्त खर्च हुनुपर्ने नै हो । अनि अधिकार सम्पन्न संस्थाले काम गर्न नसकेर त्यो काम अरुमार्फत् गराउन खोजिरहेको छ । फोहोर व्यवस्थापनको अख्तियारी पाएको नगरपालिका नै फोहोर व्यवस्थापनको अन्तिम जिम्मेवारी लिन तयार हुनुपर्दछ । जुनसुकै हालतमा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुका साथै यस अभियानमा लागेको संस्था, व्यक्ति तथा निकायहरूलाई प्रबद्र्धन गर्न सक्नुपर्दछ । आफूले गर्न नसकेको काम अरुलाई दिने र दिएको निकायबाट पनि प्रभावकारी रूपमा काम नभइरहेको गुनासो आइरहँदा त्यसतर्फ मौन रहनु नगरपालिका र सरसफाइको जिम्मेवारी लिएका व्यक्तिहरूको ठूलो दोष हो । फोहोरलाई मोहोरमा रूपान्तरण गर्न प्रयास तत्कालै सुरु हुनुपर्दछ । नगरपालिकाले योजना बनाएरै यसतर्फ आफ्ना गतिशील पाइलाहरू चाल्न सक्नुपर्दछ । जिम्मेवारी पाएको निकाय नै आफ्नो कामप्रति जवाफदेही र जिम्मेवार नभए अरु को हुने ?
देशकै राजधानी भएरपनि काठमाडौ ललितपुर र भक्तपुरका मुख्यबाहेकका सडकको दुरावस्था नै छ । सडक धुलाम्य र हिलाम्ये हुँदा आम नागरिकले सासती पटक पटक पाउने गरेका छन् । उपत्यकामा ट्राफिक व्यवस्थापनको उपयुक्त पहल भएको भए पनि भित्रि सडकहरुमा अबस्था कठिन छ । नगरको भित्री सडक एक त आफैमा अत्यन्त साँघुरा छन, त्यसैमा त्यहाँ व्यापार गर्ने व्यापारी, सरकारी वा निजी संस्थामा काम गर्ने कर्मचारीहरूका सवारी साधनको उपयुक्त व्यवस्थापन नहुँदा सडक उपत्यकाका भित्रि सकडमा अत्यन्त अप्ठ्यारो र असहज स्थितिको सिर्जना विगतदेखि नै भैरहेको छ । यसतर्फ पनि सरकारको उचित ध्यान जान सकेको छेन् ।
सडकको असुहाउँदो र अनुपयुक्त उपयोगले गर्दा त्यस्ता सडकमा सवारी–साधन चलाउने व्यक्तिहरू र त्यही सडकमा पैदल हिँडिरहेका व्यक्तिहरूको बीचमा असहज सम्बन्ध उत्पन्न गरिदिन्छ । यसले सडकमा दुर्घटनाको समस्यालाई निम्त्याउँछ नै, पैदल यात्रु तथा सवारी साधन भएकाहरूलाई पनि सुरक्षाको समस्या उत्पन्न गरिदिएको छ । ट्राफिक प्रहरीको ध्यान पनि मुख्य सडकमा गएको छ तर त्यहाँभन्दा पनि अझैं मानिसहरूको जमात अधिक हुने बीच–बीचका सडकहरूमा उनीहरूको ध्यान दिएका छैनन् वा दिन सकेका छैनन् र यो पनि हुनसक्छ, ध्यान दिन चाहेका छैनन् । भक्तपुरको सुर्यविनायक लगायतका बजार क्षेत्रमा भवन निर्माणको निमिक्त प्रयोग गरिने साधनहरू अधिकांश बजार क्षेत्रमा सडकमै राखिएका हुन्छन् । उनीहरूले करिब–करिब आधा बाटो नै अवरुद्ध हुनेगरी सामान राखिरहेका हुन्छन जसले पनि सवारी साधन र पैदल यात्रुबीचको सम्बन्ध असहज बनाउन मुख्य भूमिका खेलेको छ । सडक निकै साँघुरो हुने हुँदा त्यहाँ ठूला–ठूला गाडीहरू चलाउँदा वा रोकिँदा बाटो नै जाम हुने स्थिति छ । बालुवा, सिमेन्ट तथा सरिया जस्ता सामान सडकमा राख्नाले सडक अशोभनिय त देखिन्छ नै यसले सवारी आवागमनमा असहजता ल्याउँछ । यसरी घरेलु सामान राख्नका लागि सडक प्रयोग गरिनाले पनि पैदल यात्रु र सवारी चालक बीचको सम्बन्ध खराब हुन पुगेको छ । यसमा उपत्यकाका नवनिर्वाचित जनप्रतिनिधीका ध्यान जानैपर्छ ।
भुकम्पबाट प्रताडित नागरिका समस्या समाधानमा पनि सोच्न जरुरी छ । भुकम्पकै कारण उपत्यकामा रहेको दजनौं धार्मिक तथा पर्यटकिय स्थल, मठ, मन्दिरहरु ध्वस्त भएका छन । यीनको उचित मर्मत सम्भार तथा पुन निर्माण गरी भुकम्प पीडितको पुर्नवासमा समेत जनप्रतिनिधीले ध्यान दिनुपर्छ । यो उनीहरुको जिम्मेवारी र दायित्व पनि हो । उपत्यकालाई समृद्ध बनाउन सर्वप्रथम जनभावनाकाृ समृद्धि आवश्यक छ । भाौगोलिक अवस्थितिले त्यसक्षेत्रको विकास, त्यस क्षेत्रमा रहेको संस्कृति तथा त्यस क्षेत्रको चर्चा परिचर्चामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । अझैं भनिन्छ, भूगोलका स्वरूपहरू पहाड र नदीले त सभ्यता र भूगोल निर्माण गर्दछन् । नेपाल जस्ता प्राकृतिक रूपमा अत्यन्त सुन्दर देशहरूमा त झनै भौगोलिक स्थिति नै विकास र समृद्धिको आधार बन्न सक्दछ, दुई अर्थमा । एक समथर भौगोलिक क्षेत्रमा विकास निर्माणका कार्यहरू सम्पन्न गर्न सहज हुन्छ तथा न्यूनतम लागतमा पनि यो कार्य गर्न सकिन्छ ।
व्यापारिक क्षेत्रलाई प्रोत्साहित गर्दै औद्योगिक क्षेत्रको स्थापना गर्ने, विकास गर्ने र नयाँ–नयाँ औद्योगिक उत्पादनहरूको उत्पादन थाल्ने हो भने त्यसले व्यापार क्षेत्रको विकासमा प्रत्यक्ष योगदान गर्न सक्दछ ।
अन्तयमा, यी र यस्ता सम्भावनालाई सकारात्मक योगदान पुग्ने किसिमले नीति तर्जुमा गर्ने, त्यस्ता नीतिलाई कार्यान्वयनमा लैजाने र उपत्यकालाई साँच्चिकै नेपालको एक समृद्ध र नमुना सहर बनाउने अभिभारा अब जनप्रतिनिधको हातमा आइपरेको छ । पाँच वर्षको अवधिलाई सक्दो उपयोग गरी विशेषज्ञको समूह बनाउने, सल्लाहकारहरूको समूह बनाउने र समृद्ध राजधानीको नक्सा कोर्ने जिम्मेवारी उनीहरूको काँधमा छ । यी जिम्मेवारीहरू पूरा गर्न उनीहरू कुनै पनि दृष्टिकोणले कमजोर छैनन् । आशा गरौं देशकै राजधानी समेत रहेको काठमाडौ र उपत्यकाका ललितपुर र भक्तपुरको समग्र विकासका लागि यहाँको फोहोर व्यवस्थादेखि खानेपानी र सडकको स्तरउन्तीलाई नै अबका दिन जनप्रतिनिधीले प्राथमिताका साथ अघि बढाउनुपर्छ । यसतर्फ महानगरदेखि नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीको ध्यान जाओस् । जयहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *