मध्यपुर थिमि नपा–७ मा स्वतन्त्रका प्रजापति विजयी
भक्तपुर ७ जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ७ मा स्वतन्त्रतर्फका कृष्ण कुमार प्रजापति विजयी भएका छन् । अन्य पदमा भने काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
वडा नं. ७ मा स्वतन्त्रका प्रजापतिले १ हजार ९० मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका दिनेश घजुले ७ सय ९२ मत र नेमकिपाका बिकु बहादुर वैद्यले ५ सय ८२ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
काँग्रेसकी महिला सदस्य सुजाता बाडे, दलित महिला सदस्य सर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा काँग्रेसका धर्मसुन्दर बाडे र सुजन पौडेल विजयी भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
