रोकिएको चाँगुको मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

भक्तपुर न्यूज

७ जेठ २०७४ ४:४०

रोकिएको चाँगुको मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

भक्तपुर ७ जेठ । विवादका कारण मतगणना रोकिएको भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको मतगणना शुरु गर्नका लागि सर्वदलिय बैठक बस्ने तयारी भैरहेको छ ।

वडा नं ४ को मतगणनाका क्रममा नेकपा एमालेले नेपाली काँग्रेस र नेपाल मजदुर किसान पाटीको मत झिसमिस गरेको भन्दै काँग्रेस र नेमकिपाले विवाद बढाएपछि यहाँको मतगणना हिजो स्थगीत भएको थियो । यस वडामा निर्वाचन अधिकृतको सहिवीनाको मतपत्र समेत मतदान भएको भेटिएको काँग्रेस र नेमकिपाले आरोप लगाउँदै यहाँको मतगणना फेरी गर्नुपर्ने माग गरिरहेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितीमा केहीबेरमै सर्वदलिय बैठक बसने र बैठकले गरेको निर्णयका आधारमा मतगणना लगयातको प्रक्रिया अघि बढाईने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *