सूर्यबिनायक–९ मा एमालेका केसीका टिम विजयी
भक्तपुर ७ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. ९ मा एमालेको टिम विजयी भएको छ । वडा नं. ९ मा एमालेका उपेन्द्र राज केसीको पूरै टिम विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका केसीले १ हजार २ सय ५८ मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका माधव खत्रीले ६ सय ७३ र नेमकिपाका पे्रम बहादु तामाङ्गले २ सय ५३ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा जुनु माया तामाङ्ग, दलित महिला सदस्यमा अनु वयलकोटी र खुला सदस्यद्वयमा विनय महत र श्रीराम व्याञ्जु विजयी भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
