दोस्रो चरणको निर्वाचन तयारी, म्यादीको जागिर २० दिन थपिने
काठमाडौं, ७ जेठ, । गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सुरक्षा योजना अघि बढाएको छ । पहिलो चरणको निर्वाचनको मतगणना अन्तिमतर्फ पुगेपछि गृह दोस्रो चरणको योजनामा अघि बढेको हो ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीबारे शनिबार गृहका अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ । छलफलमा पहिलोभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै सुरक्षा चुनौती रहेको निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दोस्रो चरणको निर्वाचनको योजना बनिसकेको बताए ।
निर्वाचनका लागि भर्ना गरिएको ७५ हजार म्यादी प्रहरीको जागिर २० दिन थपिने भएको छ । ५५ दिनका लागि भनेर उनीहरुलाई भर्ना गरिएको थियो । दुई चरणमा निर्वाचन हुने भएपछि ५५ दिनको अवधिले नपुग्ने भएकाले २० दिन थप्नुपरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
