उपसचिवको मिनि ट्रकको ठक्करबाट मृत्यु
काठमाडौँ जेठ ६– सहरी विकास मन्त्रालयका उपसचिव ऋषिराम पण्डितको दुर्घटनामा मृत्यु भएको छ ।
आज बिहान राजधानीको बानियाँटारमा मर्निङवाकका क्रममा उनलाई बा २ ख ५७३० नम्बरको मिनि ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो ।
तनहुँ व्यास नगरपालिकाका पण्डित बानियाँटार बस्दै आएका थिए । ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
