मत परिणाम आउन बाँकी १६ नगरमध्ये ९ मा एमाले ७ मा कांग्रेसको अग्रता

भक्तपुर न्यूज

६ जेठ २०७४ ७:४६

मत परिणाम आउन बाँकी १६ नगरमध्ये ९ मा एमाले ७ मा कांग्रेसको अग्रता

भक्तपुर ६ जेठ । शनिबार अपरान्हसम्म पहिलो चरणमा निर्वाचन भएका २५५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। चार महागरसहित १ उपमहानगर, १६ नगरपालिका र पाँच गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ।

बाँकी रहेका १६ नगरपालिकामध्ये सल्यानको शारदा, सुर्खेतको वीरेन्द्रनगर, काठमाडौंको चन्द्रागिरि, कागेश्वरी मनोहरा, नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एमालेले ललितपुरको महालक्ष्मी, चितवनको कालिका, राप्ती, खैरहनी, काभ्रेको नमोबुद्ध र धुलिखेल, काठमाडौंको तार्केश्वर र बुढानिलकण्ठ, नुवाकोटको बेलकोटगढी, भक्तपुरको सूर्यविनायक, मध्यपुर ठिमी र चाँगुनारायण  नगरपालिकामा अग्रता लिएको छ।

यीमध्ये अधिकांश नगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेको छ। शनिबार साँझसम्म धेरै नगरको मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतले बताएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *