सूर्यबिनायक–८ मा एमालेका थापाका टिम विजयी
भक्तपुर ६ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा एमालेको टिम विजयी भएको छ । वडा नं. ८ मा एमालेका किरण थापाको पूरै टिम विजयी भएको छ । वडा अध्यक्षमा एमालेका थापाले १ हजार ५ सय ४७ मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका विनोद भट्टराईले ६ सय ९१ र राप्रपाका नारायण थापाले १ सय २२ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक र खुला सदस्यद्वयमा अजय तामाङ्ग र धर्मराज बस्नेत विजयी भएका छन् ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा एमालेका बासुदेव थापाले ९ हजार ३ सय ८१ मत र उपमेयरमा पनि एमालेकी जुना बस्नेतले १० हजार ३ सय ३४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
यस्तै, मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ९ हजार १ मत र उपमेयरमा काँग्रेसकी कल्पना राजथलाले ६ हजार ९ सय १७ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।