चाँगुनारायण नपा–४ मा एमालेका महर्जनका टिम विजयी
६ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमालेका बुद्धलाल महर्जनका टिम विजयी भएका छन् । वडा नं. ४ मा वडा अध्यक्षमा एमालेका महर्जनले १ हजार ४ सय ५६ मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका गोपाल प्रसाल पोख्रेलले ७ सय २५, नेमकिपाका चक्रधरानन्द राजोपाध्यायले ३ सय १० मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा सपना तामाङ्गले १ हजार ५ सय ३९ मत, दलित महिला सदस्यमा राम माया मिजारले १ हजार ५ सय २३ मत र सदस्यद्वयमा दिनेश खनालले १ हजार ५ सय ५९ मत र रोज बहादुर तामाङ्गले १ हजार ५ सय ३५ मत ल्याई खुला सदस्यमा विजयी भएका छन् ।
हालसम्म चाँगुनारायण नगरको मेयरमा एमालेका सोम मिश्रले ३ हजार ८ सय ७६ र उपमेयर विना वास्तोलाले ३ हजार ९ सय ९२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा नेपाली काग्रेसका राजाराम खड्काले ३ हजार १ सय ७७, उपमेयर सरु बानयिाँले ३ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।