चाँगुनारायण नपा–३ मा एमालेका धिमालका टिम विजयी

भक्तपुर न्यूज

६ जेठ २०७४ २:५३

चाँगुनारायण नपा–३ मा एमालेका धिमालका टिम विजयी

भक्तपुर ६ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ३ मा एमालेका श्याम सुन्दर धिमालका टिम विजयी भएका छन् । वडा नं. ३ मा वडा अध्यक्षमा एमालेका धिमालले १ हजार ३ सय २६ मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका धर्मराज थापामगरले १ हजार १ सय २८, नेमकिपाका कृष्णराम सुलुले ३ सय १२ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा रमा थापाले १ हजार २ सय ४२ मत, दलित महिला सदस्यमा सुष्मा सुनुवारले १ हजार २ सय ७० मत र सदस्यद्वयमा नवराज गेलालले १ हजार २ सय ४६ मत र प्रेम बहादुर बाखुले १ हजार १ सय २२ मत ल्याई खुला सदस्यमा विजयी भएका छन् ।
हालसम्म चाँगुनारायण नगरको मेयरमा नेपाली काग्रेसका राजाराम खड्काले २ हजार ६ सय ३, उपमेयर सरु बानयिाँले ३ हजार १० मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका सोम मिश्रले २ हजार ५ सय ४२ र उपमेयर विना वास्तोलाले २ हजार ५ सय ४२ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *