मध्यपुर थिमि नपा–५ को वडा अध्यक्ष र महिला सदस्यमा एमाले विजयी

भक्तपुर न्यूज

६ जेठ २०७४ २:०९

मध्यपुर थिमि नपा–५ को वडा अध्यक्ष र महिला सदस्यमा एमाले विजयी

भक्तपुर ६ जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ५ मा एमालेले वडा अध्यक्ष र महिला सदस्य तथा काँग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् । वडा नं. ५ मा एमालेका अमृतमान श्रेष्ठले १ हजार ९ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका दिलकृष्ण प्रजापतिले १ हजार ७ सय ४१ मत र माओवादी केन्द्रका जगतमान प्रजापतिले ३ सय ९१ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
एमालेकी महिला सदस्य शुभलक्ष्मी प्रजापति, दलित महिला सदस्य खाली, खुला सदस्यद्वयमा काँग्रेसका बालकृष्ण श्रेष्ठ र चन्द्रकृष्ण प्रजापति विजयी भएका छन् ।
मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठले ८ हजार ४ सय ५५ मत पाएर अग्रस्थानमा कायम नै रहेका छन् । काँग्रेसका अष्ट कवेंले ६ हजार ७ सय २४ मत र माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ४ सय ६४ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, उप मेयरमा भने काँग्रेसकी अन्जना मधिकर्मी ६ हजार ९ सय ४९ मत पाएर अग्रस्थानमा रहेकी छिन् । नेमकिपाका केदार खड्काले ४ हजार ७ सय २६ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ७ सय ६४ मत प्राप्त गरेर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *