सूर्यबिनायक–७ मा एमालेका सापकोटाका टिम विजयी

भक्तपुर न्यूज

६ जेठ २०७४ ०:११

सूर्यबिनायक–७ मा एमालेका सापकोटाका टिम विजयी

भक्तपुर ६ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. ७ मा एमालेको टिम विजयी भएको छ । वडा नं. ७ मा एमालेका रविन्द्र सापकोटाको पूरै टिम विजयी भएको छ । वडा अध्यक्षमा एमालेका सापकोटाले १ हजार ५ सय ३४ मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका कृष्ण भक्त खत्रीले ७ सय ६९ र राप्रपाका धर्मराज थापाले ३ सय ३७ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार र खुला सदस्यद्वयमा कृष्णजीत माकजु र अर्जुन खतिवडा विजयी भएका छन् ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ८ हजार १ सय ७६, उपमेयरमा एमालेकी जुना बस्नेतले ८ हजार ९ सय १७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
यस्तै, मेयरमा एमालेका बासुदेव थापाले ७ हजार ९ सय ७५ मत र उपमेयरमा काँग्रेसकी कल्पना राजथलाले ६ हजार ९ सय १७ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *