मध्यपुर थिमि–५ मा पनि काँग्रेस अगाडि

भक्तपुर न्यूज

५ जेठ २०७४ १२:३०

मध्यपुर थिमि–५ मा पनि काँग्रेस अगाडि

भक्तपुर ५ जेठ । मध्यपुर थिमि नगरपालिकामा एमालेको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तैे काँग्रेसका मेयर उम्मेदवार अष्ट कवें ५ हजार ३ सय २९ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले २ सय ७८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ५ हजार ३ सय २९, नेमकिपाका केदार खड्काले ३ हजार ५ सय ३५ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ४ सय ८९ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं ५ को वडा अध्यक्षमा भने काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका दिलकृष्ण प्रजापतिले ३ सय ८७, एमालेका अमृतमान श्रेष्ठले ३ सय १ र माओवादी केन्द्रका जगतमान प्रजापतिले ५६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *