भक्तपुर–२ का काँग्रेसका सासंद ढुंगेलको वडामा एमाले विजयी

भक्तपुर न्यूज

५ जेठ २०७४ १०:५१

भक्तपुर–२ का काँग्रेसका सासंद ढुंगेलको वडामा एमाले विजयी

भक्तपुर ५ जेठ । व्यवस्थापिका संसदमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित काँग्रेसका सांसद रामेश्वर प्रसाद ढुंगेलको वडामा एमाले विजयी भएको छ । सूर्यबिनायक नगरपालिका वडा नं. ५ मा एमालेको टिम विजयी भएको छ । वडा नं. ५ मा एमालेका राजकुमार जोशीको पूरै टिम विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका जोशीले १ हजार ४ सय ८० मतले जितेका छन् । उनको प्रतिद्वन्दी काँग्रेसका बालकृष्ण थापाले ७ सय ९७ र नेमकिपाका नारायण भक्त सायजुले ७ सय ९१ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा कल्पना पौडेल, दलित महिला सदस्यमा गीता विसुंके र खुला सदस्यद्वयमा बासुदेव पोख्ररेल र मनोज थापा विजयी भएका छन् ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ६ हजार ८ सय ४०, उपमेयरमा एमालेकी जुना बस्नेतले ७ हजार ५९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
यस्तै, मेयरमा एमालेका बासुदेव थापाले ६ हजार १ सय ५८ मत र उपमेयरमा काँग्रेसकी कल्पना राजथलाले ५ हजार ६ सय ६१ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *