चाँगु नारायण नपामा काँग्रेसले खाता खोल्यो

भक्तपुर न्यूज

४ जेठ २०७४ ११:१६

चाँगु नारायण नपामा काँग्रेसले खाता खोल्यो

भक्तपुर ४ जेठ । चाँगु नारायण नगरपालिका वडा नं १ मा काँग्रेस विजयी भएको छ । वडा नं १ मा काँग्रेसले वडाअध्यक्ष, महिला सदस्य र दुई खुला सदस्य विजयी भएको छ भने दलित महिला सदस्यमा भने राप्रपा विजयी भएको छ । वडाअध्यक्षमा काँग्रेसका राजेश खड्काले ९ सय २ मतले जितेका छन् । उनको प्रतिद्वन्दी राप्रपाका इश्वर थापाले ७ सय ९२ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा सचिला खड्काले ९ सय ५६ मत, खुला सदस्यमा उद्धव खत्रीले ९ सय २० मत र गणेश बहादुर श्रेष्ठले ९ सय ७३ मत ल्याई विजयी भएका छन् । राप्रपाकी दलित महिला सदस्यमा लीलामाया दर्जीले ६ सय ९२ मतले विजयी भएका छन् ।
हालसम्म चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले १ हजार ९ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले ५ सय ८२ मत र एमालेका सोम मिश्रले ४ सय ४३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा पनि काँग्रेसकी सरु बानियाँले ९ सय ६६ मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ५ सय ९९ मत र एमालेकी बिना बास्तोलाले ५ सय ६४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *