बिश्लेषण: भक्तपुरका ४ नगरको निर्वाचन र जितको आँकलन
कमल न्यौपाने
भक्तपुर ४ जेठ । बैशाख ३१ गते भक्तपुरका चारवटै नगरपालिकामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । यहाँका ३ वटा नगरपालिका भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमीमा मतदान सकिएपछि ३१ गते साझँदेखि नै मतगणना शुरु भयो । तर यहाँको चाँगुनारायण नगरपालिकामा ३१ गते नै निर्वाचन सकिएपनि चाँगुनारायणको साविक नगरकोट गाविस भवनस्थित मतदान केन्द्रको बुथ ख मा मतदान प्रक्रियामा केही विवाद भएपछि यहाँ मतदान बुधवार दिउँसो सम्म रोकियो । बुधबार दिउँसो उक्त मतदान केन्द्रमा पुन मतदान गरियो । नवलपरासीको मतपत्र जसमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल थिएन् ।
भक्तपुरपछि मतदाता संख्या बढी भएको नेमकिपाको सो क्षेत्रमा मतपत्रमै चुनाव चिन्ह नभएपछि नेमकिपाले उक्त खसेको मत बदर गर्न माग गरेको थियो । यहाँ नवलपरासीबाट आएको मतपत्रबाट २२ वटा मत खसेको थियो । विवाद बढ्दै जाँदा सहमति हुन नसक्दा निर्वाचन आयोगले बुधबारका लागि सो बुथमा मतदान पुन गर्ने निर्ण गरि बुधबार दिउँसो मतदान पुन सम्पन्न् गरेको छ । यहाँको मत गणनापनि चलिरहेको छ ।
जिल्लाको समग्र निर्वाचन र मतगणनाको अबस्थालाई हेर्दा भक्तपुर नगरपालिकामा अहिलेपनि नेपाल मजदुर किसान पार्टीले नै मेयर उपमेयरदेखि सबै वडामा आफनो प्रभुत्व जमाउने निश्चित जस्तै भैसकेको छ । बिहीबार दिउँसोसम्म भक्तपुर नगरको १ देखि ५ नंम्बर वडासम्मको नतिजा आईसकेको छ । जसमा नेमकिपा नै विजयी भयो । सूर्यविनायक नगरपालिका जो भक्तपुरको सबै जातजाति र समुदायको बस्ती भएको क्षेत्र हो । यहाँ नेपाली काँग्रेस, एमाले , माओवादी र राप्रपाबीच प्रतिस्पर्धा छ । तर अहिलेसम्मको मतपरिणामलाई हेर्दा काँग्रेस र एमालेको नै अन्तिम भीडन्त हो ।बिहीबार दिउँसो साढे ३ बजेसम्मको नतिजा हेर्दा मेयरमा नेपाली काँग्रेस अग्रपंक्तिमा देखिएको छ भने उपमेयरमा एमालेले आफनो प्रभुत्व जमाएको छ ।
मेयरमा एमालेले र उपमेयरमा काँग्रेसले नै पछ्याईरहेको छ । तर सूर्यविनायको वडा नं १ मा एमाले र २ र ३ मा काँग्रेसले जीत हासिल गरिसकेका छन् । यस्तै मध्यपुर थिमी नगरपालिकामा मेयरमा नेपाली काँग्रेस अगाडी देखिएको छ । यस नगरको १, २ र ३ वडामै काँग्रेसले जितेको छ । तर २ नंम्बरमा एक जना खुल्ला सदस्यमा एमालेको जित रहेको छ ।
यो समग्र अबस्थालाई हेर्दा मध्यपुरमा मेयर लगायतका अधिकाशं वडा नेपाली काँग्रेस सूर्यविनायकमा मेयरमा काँग्रेस र उपमेयरमा एमाले र वडामा मिसमास परिणाम आउने आकलन गर्न सकिन्छ । चागुँनारयणमा पनि सूर्यविनायक को जस्तै जस्तै अबस्था देखिन्छ । जे होस् निर्वाचन शान्तिपूर्ण भयो । जसले जित हात पारेपनि समग्र भक्तपुरको विकास निर्माणमा लाग्न जरुरी रहेको छ ।