भक्तपुर नपा–६ मा पनि नेमकिपा अगाडि

भक्तपुर न्यूज

४ जेठ २०७४ ९:३०

भक्तपुर नपा–६ मा पनि नेमकिपा अगाडि

भक्तपुर ४ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले १२ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका रामप्रसाद कासुलाले ४ हजार ८ सय ५० मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले २ हजार ३ सय १६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले १३ हजार २ सय १०, काँग्रेसकी गंगालक्ष्मी अवालले ४ हजार ६ सय ७६ र एमालेकी कृष्णमाया त्वानाबासुले २ हजार ६ सय ४० मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ६ को २ हजार १ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका हरि राम सुवालले १ हजार ३ सय १८, एमालेका भुपेन्द्र प्रसाद नेपालीले २ सय ८ मत र काँग्रेसका रमेश राजचलले १ सय ६२ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *