सूर्यबिनायक नपा–४ मा एमाले अगाडि
भक्तपुर ४ जेठ । सूर्यबिनायक नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकामा अहिलेसम्म गरिएको मत गणना अनुसार काँग्रेसका बिष्णुराज कार्कीले ५ हजार १ सय मत पाएका छन् । यस्तै एमालेका मेयर उम्मेदवार बासुदेव थापाले ४ हजार १ सय १३ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका प्रवीण ढुंगेलले ५ सय ४६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले ४ हजार ९ सय २१, काँग्रेसकी कल्पना राजथलाले ४ हजार ३ र राप्रपाकी जयन्ती महतले ७ सय १ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं ४ को वडा अध्यक्षमा एमालेका उत्तम थापाले ८ सय ९७ मत ल्याई अग्र स्थानमा रहेका छन् । काँग्रेसका देवी प्रसाल न्यौपानेले ६ सय १७ मत र राप्रपाका कृष्णहरि खड्काले ६८ मत प्राप्त गरेका छन् ।
सूर्यबिनायक नगरपालिका वडा नं. १ मा एमालेका सानुकाजी कायष्ठ, २ नं.मा कमलनाथ आचार्य र ३ नं.मा शिवशरण खत्री विजयी भएका छन् ।
