भक्तपुर नपा–६ मा पनि नेमकिपा अगाडि
भक्तपुर ४ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले १२ हजार ५ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४ हजार ७ सय ८८ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले २ हजार २ सय ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले १२ हजार ८ सय १९, काँग्रेसकी गंगालक्ष्मी अवालले ४ हजार ६ सय १८ र एमालेकी कृष्णमाया त्वानाबासुले २ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ६ को १ हजार ५ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका हरि राम सुवालले ९ सय ५५, काँग्रेसका रमेश राजचलले १ सय ७५ र एमालेका भुपेन्द्र प्रसाद नेपालीले १ सय ७१ मत पाएका छन् ।