चाँगुनारायण नपामा काँग्रेस अगाडि

भक्तपुर न्यूज

४ जेठ २०७४ ८:०९

चाँगुनारायण नपामा काँग्रेस अगाडि

भक्तपुर ४ जेठ । चाँगुनारायण नगरपालिकामा हालसम्म भएको मतगणनामा मेयरमा काँग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले ६ सय ६९ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले ३ सय ७५ मत र एमालेका सोम मिश्रले ३ सय ११ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा पनि काँग्रेसकी सरु बानियाँले ६ सय ३५ मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ३ सय ३९ मत र एमालेकी बिना बास्तोलाले ३ सय ९९ मत प्राप्त गरेका छन् ।
वडा नं. १ भने काँगैसका राजेश खड्काले ५ सय ९ मतले अग्रता लिएका छन् । राप्रपाका इश्वर थापाले ४ सय ४७ मत र एमालेका सुजन कुमार न्यौपानेले ३ सय २० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *