दैलेखमा ११ बटै स्थानिय तहको नतिजा सार्वजनिक

भक्तपुर न्यूज

४ जेठ २०७४ ७:२२

दैलेखमा ११ बटै स्थानिय तहको नतिजा सार्वजनिक

कुमार प्याकुरेल
दैलेख ४ जेठ । दैलेखमा स्थानिय तहको निर्वाचनको लागि ११ बटै तहमा सम्पन्न गरिएको निर्वाचनको मतगणनाको मतपरिणाम अनुसार मुख्य निर्बाचन अधिकृतको कार्यालयले नतिजा सार्वजनिक गरेको छ । ११ बटै स्थानिय तह रहेको दैलेखमा नगरपालिकाको प्रमुख उप प्रमुख र गाउपालिकाको अध्यक्ष उपाध्यक्ष गरेर सख्यात्मक रुपमा नेकपा एमालेले १४ स्थानमा बिजय हासिल गरको छ भने नेपाली काग्रेसले ८ ठाउमा बिजय हासिल गरेको छ ।

जिल्लाकै मुख्य आकर्षक मानिने सदरमुकाममा रहेको जिल्लाकै जेठो नगरपालिकामा एमालेले बिजय हासिल गरको छ । नारायण नगरपालिकामा प्रमुखमा रत्नबहादुर खड्काले ४७२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका मणिराम रेग्मीले ४४४७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा साबित्री मल्लले ४८६६ सबैभन्दा बढी मत प्राप्त गरेर बिजय भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धि वासना थापाले ४२८५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै दूल्लु नगरपालिकामा प्रमुखमा नेपाली काग्रेसका घनश्याम भण्डारीले ६२४९ मत प्राप्त गरि बिजयी भएका छन् ।  उप प्रमुखमा एमालेकी बिष्णा थापाले ६४७८ मत प्राप्त गरि बिजयी भईन् । चामुन्डा बिन्द्रासैनि नगरपालिको प्रमुखमा एमालेका सूर्य बहादुर शाहीले २७७३ मत प्राप्त गरि विजयी भए भने उप प्रमुखमा एमालेकै तारा शाहीले २९५४ मत प्राप्त गरि विजयी भईन् ।
आठबिस नगरपालिको प्रमुखमा एमालेका खड्गराज उपाध्यायले ३९२७ मत प्राप्त गरि बिजयी भए भने उप प्रमुखमा काग्रेसकी दिपा बोहोराले ४१८७ मत प्राप्त गरि जीत हासिल गरेकी छन् ।

गुराँस गाउँपालिको अध्यक्षमा काग्रेसका खेमराज वलीले ४१५९ मत प्राप्त गरि बिजयी भए भने  उपाध्यक्षमा काँग्रेसकै दिपाकुमारी विसीले ४०३१ मत प्राप्त गरि विजयी भईन् ।  ठाटिकाध गाउँपालिकामा एमालेका धिरबहादुर शाहीले १९२४ मत प्राप्त गरि बिजयी भए । उपाध्यक्षमा एमालेकी सुष्मिता सिहले १९७८ मत प्राप्त गरि बिजय भईन् ।

भगवतिमाई गाउँपालिको अध्यक्षमा एमालेका दानबहादुर थापाले २३२९ मत प्राप्त गरि बिजयी भए भने उपाध्यक्षमा एमालेकी चन्द्रा रेग्मी २४११ मत प्राप्त गरि बिजयी भईन् ।  भैरवी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमबहादुर बु्ढाले ३५८४ मत प्राप्त गरि बिजयी भए भने उपाध्यक्षमा एमालेकी पद्मा बिष्टले ३४७८ मत प्राप्त गरि बिजय हासिल गरेकी छन् ।

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाहीले ३५२२ मत प्राप्त गरि विजय हासील गरे । उपाध्यक्षमा एमालेकी प्रेम कुमारी बुढाले ३५०८ मत प्राप्त गरि विजय हासिल गरिन् ।  डुगेश्वर गाउँपालिको अध्यक्षमा काग्रेसका नगेन्द्र मल्लले २७८७ मत प्रांप्त गरि विजयी भए । उपाध्यक्षमा काँग्रेसकी सिता ज्ञावलीले २६२८ मत प्राप्त गरि विजयी भईन् ।
त्यस्तै नौमुले गाउँपालिको अध्यक्षमा काँग्रेसका भदे बुढा मगरले ३१५३ मत प्राप्त गरि विजयी भए । उपाध्यक्षमा काँग्रेसकी अमृता सिहले ३२८० मत प्राप्त गरि विजयी भईन् ।

जिल्लामा ११ वटा राजनितिक दलका प्रतिनिधिहरुले निर्वाचनमा दल दर्ता गराएका थिए ।  कुल मतदाता सख्या १३२९६५ रहेको जिल्लामा पुरुष भन्दा महिलाको सख्या ३०००ले बढी रहेको छ । २०७० साल भन्दा अहिले १५००० ले मतदाता सख्या बढेको तथ्याकमा उल्लेख छ । १९२  कुल मतदान केन्द्र रहेको दैलेखमा १३६ मतदान स्थल रहेको छ । ११ बटा स्थानिय संरचना रहेको दैलेखमा ४ बटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *