मध्यपुर थिमि नपामा काँग्रेसकै अग्रता
भक्तपुर ४ जेठ । मध्यपुर थिमि नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले ३ हजार ५ सय ४० मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मदनसुन्दर श्रेष्ठले ३ हजार ३ सय ६ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ सय ८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ३ हजार ९ सय ७४, नेमकिपाका केदार खड्काले १ हजार ८ सय १४ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले २ सय ३६ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं ४ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका कुमार श्रेष्ठले ९४, एमालेका बालकृष्ण श्रेष्ठले ८९ र माओवादी केन्द्रका कृष्णलाल गोजा श्रेष्ठले ४८ मत पाएका छन् ।
मध्यपुर थिमिको वडा नं १, २ र ३ मा क्रमशः सुरज खड्का, राम थापा मगर र प्रम बहादुर कुटु विजयी भएका छन् ।