चाँगुनारायण नपामा काँग्रेस अगाडि
भक्तपुर ४ जेठ । चाँगुनारायण नगरपालिकामा हालसम्म भएको मतगणनामा मेयरमा काँग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले ५ सय ७६ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले ३ सय ३१ मत र एमालेका सोम मिश्रले २ सय ६१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा पनि काँग्रेसकी सरु बानियाँले ५ सय ५४ मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ३ सय ४६ मत र एमालेकी बिना बास्तोलाले ३ सय ४२ मत प्राप्त गरेका छन् ।
वडा नं. १ भने काँगैसका राजेश खड्काले ५ सय ९ मतले अग्रता लिएका छन् । राप्रपाका इश्वर थापाले ४ सय ४७ मत र एमालेका सुजन कुमार न्यौपानेले ३ सय २० मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५