कक्षा ११ को परीक्षा असार ८ देखि हुने

भक्तपुर न्यूज

४ जेठ २०७४ ५:३५

काठमाडौं, ४ जेठ । असार १ गतेदेखिको तालिका सार्वजनिक भएको कक्षा ११ को परीक्षा अन्ततः सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एक साता पछाडि सार्ने निर्णय गरेको हो ।

जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएकोले त्यसको भोलिपल्ट नै परीक्षा गर्न सम्भव नहुने भन्दै बोर्ड एक साता पछाडि परीक्षा सारेकोे हो । कक्षा ११ को परीक्षा असार ८ गतेबाट संचालन गरी असार १८ गते समाप्त गर्ने र पुरानै तालिकाको क्रमअनुसार परीक्षा हुने बोर्डले जनाएको छ ।

परीक्षाको नयाँ रुटिङ बोर्डले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । २०७४ जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी पुनःसंशोधित कार्यक्रम बमोजिम संचालन गरिने भएको भन्दै बोर्ड सूचना प्रकाशित गरेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *