चाँगुनारायण नपामा काँग्रेस अगाडि
भक्तपुर ४ जेठ । चाँगुनारायण नगरपालिकामा हालसम्म भएको मतगणनामा मेयरमा काँग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले ५ सय ४१ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले ३ सय ११ मत र एमालेका सोम मिश्रले २ सय ३६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा पनि काँग्रेसकी सरु बानियाँले ५ सय २९ मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ३ सय २३ मत र एमालेकी बिना बास्तोलाले २ सय ९९ मत प्राप्त गरेका छन् ।
वडा नं. १ भने काँगैसका राजेश खड्काले ४ सय ५४ मतले अग्रता लिएका छन् । राप्रपाका इश्वर थापाले ४ सय २२ मत र एमालेका सुजन कुमार न्यौपानेले ३ सय ३६ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४