दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी
काठमाडौं, ४ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ विजयी भएका हु्न् । बस्नेतले ४ हजार ६९८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालको मत ४ हजार २६८ मत छ ।
त्यस्तै उपप्रमुखमा विजयी कांग्रेसकी बसन्ती तामाङले ४ हजार ७४९ मत छ । उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत पाएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
