दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी

भक्तपुर न्यूज

४ जेठ २०७४ ३:०९

दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी

काठमाडौं, ४ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ विजयी भएका हु्न् । बस्नेतले ४ हजार ६९८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालको मत ४ हजार २६८ मत छ ।
त्यस्तै उपप्रमुखमा विजयी कांग्रेसकी बसन्ती तामाङले ४ हजार ७४९ मत छ । उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *