भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै
भक्तपुर २ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ४ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १ हजार ५ सय ४८ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ४५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ४ हजार ६ सय ८३, काँग्रेसकी गंगालक्ष्मी अवालले १ हजार ५ सय ३ र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार १ सय ६० मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलले विजयी हासिल गरेको छ । अहिले वडा नं. २ को मत गणना जारी रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००