पोखराको वडानम्बर १ मा एमालेको प्यानल विजयी

भक्तपुर न्यूज

२ जेठ २०७४ २:५७

पोखराको वडानम्बर १ मा एमालेको प्यानल विजयी

पोखरा, २ जेठ । देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । २ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी च्वाईं र सहारा प्रधान बिजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *