हल सिटी रेलिगेशनमा
एजेन्सी, १ जेठ । लिभरपुल इंग्लिस प्रिमियर लिगमा फेरि तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ४–० ले हराएको हो ।
लिभरपुलको जितमा फिलिप कोन्टिन्होले दुई तथा ड्यानियल स्टुर्रिज र डिवोक ओरिगीले एक एक गोल गरे । जितपछि लिभरपुलको लिगको एक खेल बाँकी हुँदा ७३ अंक भएको छ । लिभरपुल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले अघि छ ।
अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४–० ले हरायो । हारपछि हल सिटी रेलिगेशनमा परेको छ । क्रिष्टल प्यालेस भने एक खेल बाँकी हुँदा ४१ अंकसहित १३ औं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३