भक्तपुरका ३ नगरमा मतगणना, चाँगुमा विवाद
भक्तपुर, १ जेठ । भक्तपुरका तीन नगरपालिकामा मत गणना भैरहेको छ । यस्तै चाँगुनारयण नगरपालिकामा भने विवादका कारण मतगणना हुन सकिरहेको छैन् ।
सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा मतगणना बिहान १० बजेबाट सुरु भएको हो । चाँगुनारयण नगरपालिकामा भने मतगणनामा विवाद भएको छ ।
मादल चिन्ह नभएको मत पत्र वितरण गरेको भन्दै नेपाल मजदुर किसान पाटीले विरोध गरेपछि त्यहाँ गणना हुन नसकेको हो । नेमकिपाले आफ्नो चुनाव चिन्ह नभएको मतपत्र वितरण गरेको र त्यसमा २२ मत परेकाले बदर गर्न माग गर्दै गणना हुन दिएको छैन ।
तर अरु राजनीतिक पार्टीले भने परेको मत बदर गर्न नहुने भन्दै अडान लिएका छन् । यस विषयमा दलीय सहमति हुन नसकेपछि दलहरुबीच अब निर्वाचन आयोगको जे निर्णय गर्दछ त्यसैलाई मान्ने सहमति भएको एक स्रोतले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३