भक्तपुरमा ५० सवारीसाधन नियन्त्रित
भक्तपुर, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका ५०बढी मोटरसाईकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको थियो । भक्तपुरमास्थित महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
आयोगले आचारसंहिता विपरीत सवारी साधान चलाइएको पाइएमा २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ । निषेधित क्षेत्रमा सवारी साधन चलाएमा भने ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको परिसरका डिएसपी कृष्ण पसाईले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
