निर्वाचन अधिकृतले माफी मागे

भक्तपुर न्यूज

३१ वैशाख २०७४ ७:५५

निर्वाचन अधिकृतले माफी मागे

भक्तपुर ३१ बैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित साविक नगरकोट गाविसको गाविस भवनमा रहेको मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले अशक्तहरुको आग्रह विपरित गोप्य कोठमा गएर रुख चिन्हमा छाप लगाईदिएको मतदाताले बताएका छन् । मतदान अधिकृत अरुण रन्जीतलाई मतदाताले मादलमा चिन्हमा मतदान गरिदिन आग्रह गरेपनि उनले रुखमा मतदान गरिदिएको मतदाताले मौखिक रुपमा उजुरी गरेका थिए ।

मतदाताले यस्तो उजुरी गरेपछि केही समय त्यहाँको मतदान प्रक्रिया रोकिएको थियो । केहीेबेरको विवादपछि मतदान अधिकृत रञ्जितले सार्वजनिक रुपमै माफी मागेका छन् । यसपछि मदतान प्रक्रिया नियमित भएको छ । निर्वाचन ऐन नियम र आचारसहिंता विपरित क्रियाकलाप गर्ने मतदान अधिकृतलाई कारवाही गर्न निर्वाचन आयोग र सरकारसँग नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तीमा माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *