स्थानीय तहको निर्वाचन ३४ जिल्लामा एकसाथ मतदान सुरु
काठमाडौं, ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।
बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । आज हुने पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।
१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगले मतदान शुरु भइसकेको र बदर नहुने गरी मत दिन सबैसँग आग्रह गरेको छ । आयोगले सबै मतदाताहरुलाई मतदानमा सहभागी हुन र बदर नहुने गरी मतदान गर्न आग्रह समेत गरेको छ । तस्बीर सहितको परिचय खुल्ने प्रमाण लिएर आएमा मताधिकारबाट बन्चित नगराइने भएकाले त्यही अनुसार व्यवस्था मिलाएर मतदान गर्न जान पनि आयोगले जनाएको छ ।