विप्लवका चार कार्यकर्ता पक्राउ
कपिलवस्तु, ३० बैशाख । कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एरिया कमाण्डर सहित चार कार्यकर्ता पक्राउ परेका छन् । नेकपा माओवादीका कपिलवस्तु क्षेत्र ५ का एरिया कमाण्डर खुमन सिंह परियार, जिल्ला सदस्य राजेन्द्रप्रसाद शाह, वडा कमिटी सदस्य नन्दलाल पुरी र पश्चिम कमाण्ड इन्चार्ज मालबहादुर बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय तहको चुनावलाई लक्षित गरी विभिन्न अपराधिक गतिविधि बढाएको भन्दै उनीहरुलाई गएराति घरमा सुतिहरहेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
