कंगोमा इबोलाका कारण १ को मृत्यु
एजेन्सी, ३० बैशाख । अफ्रिकी देश कंगोमा फेरि इबोला भाइरसको संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कंगोमा इबोलाको प्रकोप फैलिएको घोषणा गरेको हो ।
कंगोको उत्तरपूर्वी क्षेत्रमा इबोलाका कारण १ जनाको मृत्यु भएको पुष्टि भएको बिबिसीले जनाएको छ । ९ जनामा इबोलाको संक्रमण भएको हुनसक्ने आशंका गरिएकोमा तीन जनाको मृत्यु भएको र त्यसमध्ये एकजनामा इबोला पुष्टि भएको डब्लुएचओले जनाएको छ ।
कंगोमा सन् २०१४ मा अन्तिम पटक इबोलाको संक्रमण फैलिएको थियो । सन् २०१४÷१५ मा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोलाका कारण ११ हजार मानिसको मृत्यु भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
